८ बैशाख २०८३, मंगलबार । April 21, 2026

गण्डकीको मुख्यमन्त्री को ? यि हुन् गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी


२६ मंसिर २०७९, सोमबार  

24
Shares

पोखरा । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दै छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष निर्वाचनबाट चुनिएर आइसकेका छन् । दलहरुले समानुपातिकको सूची पनि बुझाएका छन् । करिव करिव ६० सांसदको टुंगो लाग्ने अवस्थामा छ । अब निर्वाचित सांसदहरुको सपथ सबैभन्दा पहिलो कार्यसूची हुनेछ ।

संसद बैठकको सुरुआतसँगै सरकार गठन प्रक्रिया चल्छ । गण्डकीमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । केन्द्रीय राजनीति तलमाथि नभए कांग्रेस र माओवादीको गठजोडबाट यहाँ नयाँ सरकार गठन हुन्छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने चासो यतिबेला राजनीतिक बृत्तमा सुरु भएको छ ।

यसअघि कांग्रेसले नेतृत्व गरेका कारण आफुहरुले मुख्यमन्त्री पाउनुपर्ने दावी माओवादीको छ भने कांग्रेसले प्राकृतिक न्यायको सिद्धान्त देखाउँदै ठूलो दलले सरकारको नेतृत्व पाउनुपर्ने तर्क गरेको छ । जे होस्, माओवादीबाट मुख्यमन्त्री बने हरिबहादुर चुमानको प्रवल सम्भावना छ । कांग्रेसमा भने प्रतिश्पर्धी बढी छन् । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, कास्कीका विन्दुकुमार थापा, नवलपुरका सभापति महेन्द्रध्वज जिसी र पूराना नेता भोजराज अर्याल मुख्यमन्त्रीको रेसमा छन् ।

उनीहरु सबैजना केन्द्रीय नेतृत्वलाई खुशी पार्न तल्लिन छन् । पाण्डे र थापा संस्थापन समूहका हुन् भने जिसी र अर्याल संस्थापन इतरका नेता हुन् । निर्वाचित र समानुपातिकको सूची हेर्दा संस्थापन पक्षको झिनो बहुमत छ । तर, पात्रका कारण सांसदहरु यताउति हुन सक्छन् ।

तथापि संसदीय दलको नेता चयनमा निर्वाचन नहुने सबै नेताहरुको दावी छ । ‘सहमतिबाटै निकास निस्किन्छ । चुनाव गरेर दलको नेता चयन हुँदैन,’ पाण्डेले भने, ‘पहिला समानुपातिक सूची टुंगिएपछि दलको नेता चयनको प्रक्रिया थाल्छौं ।’ जिसी पनि सहमतिबाटै जाने बताउँछन् । ‘सहमति नै सबैभन्दा ठूलो निर्वाचन हो । प्रदेशलाई निकास दिन सक्ने र भिजन भएको मान्छे नै दलको नेता बन्ने हो,’ उनले भने, ‘मिलाएर अघि बढ्छौं । समझदारी बन्छ भन्ने लागेको छ ।’

माओवादी नेता चुमान भने माओवादीले मुख्यमन्त्री पाउँदा आफु नै सर्वसम्मत हुने बताउँछन् । उनी अघिल्लो कार्यकालमा पनि सर्वसम्मत दलको नेता भएका थिए । ‘अनुभव र काम गरेको आधारमा म सर्वसम्मत दलको नेता चुनिन्छु,’ उनले भने, ‘मुख्यमन्त्री पनि यसपालि माओवादीले पाउँछ । केन्द्रीय नेताहरुले ढुक्क हुनुस् भन्नुभएको छ ।’ गण्डकीमा कांग्रेसले २७ सीट जितेको छ भने माओवादीले ८ तथा सत्ता गठबन्धनमै एकीकृत समाजवादीका १ सांसद हुने छन् ।

मनाङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) एकीकृत समाजवादी प्रवेश गरेका हुन् । २२ सीट रहेको एमाले र २ सीटको राप्रपा प्रतिपक्षमा रहने सम्भावना बढी छ । मुख्यमन्त्रीका दावेदारहरु निरन्तर काठमाडौं आउजाउ गरिरहेका छन् भने नेताहरु भेट्ने दौडधुप चलिरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित