२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

सुतिरहेको अवस्थामा महिलाको विभत्स हत्या



धनुषा । धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । 

धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको