३ कार्तिक २०८३, मंगलबार । October 21, 2026

साताको पहिलो दिन नै दोहोरो अंकले घट्यो सेयर बजार


२५ मंसिर २०७९, आइतबार  

6
Shares

आइतबार । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार घटेको छ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२८ अंकले घटेर ३६७.३६ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सिभम सिमेन्ट शीर्ष स्थानमा छ । यसको १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नविल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।

अघिल्लो कारोबार बुधबारको दिन सेयर बजार १६.६१ अंकले ओरालो लागेको थियो । बिहीबार भने सरकारले योः मरी पून्हिँको बिदा दिएको हुनाले नेप्से बन्द रहेको थियो । नेप्से उपसूचक कारोबार राताम्मै भएको छ।

\सबैभन्दा धेरै बैंकिङमा २.३० प्रतिशतले ओरालो लागेको हो । आइतबारको कारोबारमा सिवाइसी नेपाल लघुवित्त र सम्मीट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि