१ चैत्र २०८१, शनिबार । March 15, 2025

८ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा



एजेन्सी । आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ ।

तीमध्ये  चार हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन् । “मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार भारतीय हाल विदेशी कारागारहरूमा पुर्पक्षमा रहेका लगायतका कैदीहरूको सङ्ख्या ८ हजार ४४१ रहेको छ ।  जसमध्ये  चार हजार ३८९ खाडी मुलुक (संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान) का जेलमा रहेका छन्,’  उनले भने । 

युएई जेलमा रहेका कैदीहरूले भारतीय जेलमा आफ्नो बाँकी सजाय काट्न सक्छन् कि भनेर सोधिएको प्रश्नको जवाफ दिँदै, राज्यमन्त्रीले सजाय पाएका व्यक्तिहरूको स्थानान्तरण (टीएसपी), जुन नोभेम्बरमा हस्ताक्षर भइसकेको उनले बताए। “टिएसपी सम्झौता अन्तर्गत सजाय पाएको व्यक्तिलाई आफ्नो देशमा स्थानान्तरण गर्न कैदीको स्थानान्तरणको इच्छा, स्थानान्तरण र प्राप्त गर्ने देशको सहमति, अनुरोध प्रक्रियाको लागि आवश्यक पूर्ण कागजातको उपलब्धता, क्लियरेन्स जस्ता विभिन्न औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ र सो प्रक्रियका लागि आवश्यक कागजातहरूको युएई पठाइएको छ,” उनले  भने।

दोहामा हिरासतमा रहेका आठ पूर्व नौसैनिक अधिकारीको मुद्दा फेरि चर्चामा आएपछि  यो विषय पुनः सार्वजनिक  चासोको मुद्दा बनेको हो । डिसेम्बर  १ मा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले कतारमा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरूको मामलामा नियमित रूपमा प्रतिक्रिया दिइरहेको र दूतावासले यस विषयलाइ गम्भीररूपमा लिइरहेको बताएका छन् । प्रवक्ताले केही थुनुवाका दोहामा परिवारहरू छन् र उनीहरूलाई साप्ताहिकरूपमा भेटघाट गर्न अनुमति दिइएको पनि बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र