११ चैत्र २०८२, बुधबार । March 25, 2026

ग्ल्यामर भन्दा पनि अभिनयमा रुची राख्छुः नम्रता सापकोटा


२४ मंसिर २०७९, शनिबार  

9
Shares

काठमाडौं । नेपाली चलचित्र डेसान देशभर प्रदर्शनमा आएको छ ।

फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रबार साँझ दर्शकहरुसँगै चलचित्र हेरिसकेपछि कलाकारहरुले दर्शकहरुबाट राम्रो माया पाएको बताइन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरु चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरु चाँडै फैलिने भन्नेकुरालाई चलचित्रमा देखाइएको बताइन् ।

उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको बताइन् । चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको बताइन् । ग्लामर आफ्नो ठाउँमा भएपनि आफूलाई अभिनय गर्दा मजा लाग्ने बताइन् ।

उनले चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतुहलता हुने बताइन् । कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ । चलचित्रको मुख्य भुमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो ।

चलिचत्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali