१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

उपत्यकामा पानीको समस्या उस्तै (फोटोफिचर)



काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएसँगै यतिबेला उपत्यकावासीहरु हर्षित छन् ।

पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण भएसँगै उपत्यकावासीको मुहार पानी छैन भन्ने चिन्ताबाट मुक्त भएको छ । अरु दिन उनीहरुको मुहार उल्लासमय स्पष्ट देख्न सकिन्छ । पानी वितरण शुरु भएसँगै उपत्यकाका विभिन्न धाराहरुमा पानी थाप्न बिहानैदेखि मानिसहरुको भीड छ ।

पानी वितरण भएको दिन (शुक्रबार) दिउँसोदेखि नै काठमाडौंका सार्वजनिक स्थानमा रहेका धाराहरुमा पानी थाप्नेहरुको संख्या उल्लेख्य थियो । पानीको अभाव खड्किरहने काठमाडौं उपत्यका यतिबेला मेलम्चीको पानी वितरणसँगै राहत महशुस गरिरहेको छ । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रुपमै भएपनि १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका थिए । मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।

हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिव १२ करोड लिटर मात्रै रहेको थियो । तर शुक्रबारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुनेछ । मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा काठमाडौं उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट आलोपालो पानी वितरण हुनेछ ।

फोटो : न्यूज एजेन्सी नेपाल

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по