३ कार्तिक २०८३, मंगलबार । October 21, 2026

कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्त बिहीन भएः धर्मेन्द्र बाँस्तोला


२३ मंसिर २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताएका हुन् । उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए । उनले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरुलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेको भन्दै त्यसैले कम्युनिष्ट पार्टीहरुलाई जनताले कारबाही गरेको बताए ।

संसदवादी कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्य प्रणाली नचाहेको बताए । उनले साम्राज्यवादी शक्तिहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताए । संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्तिहरुको उदयको नाटक देखाइएको टिप्पणी गरे ।

नयाँ शक्तिहरुसँग कुनै नीति र कार्यक्रम नभएको भन्दै उनले जनताको भावनासँग खेलेर तथाकथित विकल्पको रुपमा दखाउने कोशिस गरिएको उल्लेख गरे । उनले कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिए । सशक्त प्रकारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न क्रान्तिकारी कार्यदिशा बनाउनु आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि