१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

प्रधानन्यायाधीश जबराको महाअभियोग निष्प्रभावीबारे सर्वोच्च अदालतको अन्तरिम आदेश



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भनि संघीय संसद सचिवालयका महासचिवले लेखेको पत्र कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि लगाइएको महाअभियोगको प्रश्ताव निष्प्रभावी भएको भन्दै बुधबार राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, संवैधानिक परिषद्, सर्वोच्च अदालत र प्रधानन्यायाधीश जबरालाई पत्र लेखेका थिए । सो पत्रलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । शुक्रबार सोही रिटको सुनुवाई गर्दै सर्वोच्च अदालत, संवैधानिक इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगराउनका लागि अन्तरिम आदेश जारी गरेको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सो अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशमा संघीय संसदमा महासचिवले प्रधानन्यायाधीश जबरालाई लगाइएको महाअभियोगको प्रश्ताव निष्प्रभावी भएको भनेपनि निष्प्रभावी हुनुको कानूनी आधार खुल्न नसकेको उल्लेख गरिएको छ । त्यस्तै रिट निवेदनमा महासचिवले आफूमा नरहेको अधिकारको प्रयोग गरी पत्रचार गरेको भन्ने प्रश्न उठाइएको भन्दै संविधानद्वारा प्रतिनिधि सभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेको सम्बन्धी गम्भिर र महत्वपूर्ण प्रश्न खडा भएकोले सो पत्र तत्काल कार्यान्वयन हुनु मनासिव नदेखिएको भनिएको छ ।

सर्वोच्चको अन्तरिम आदेशपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराको ‘च्याप्टर क्लोज’ भएको टिप्पणी गरे । उनले सर्वोच्च अदालतले भने अनुसार महाअभियोगको प्रश्तावलाई आगामी संसदले प्रक्रिया अगाडी बढाउने बताए । उनले फैसलाले महाअभियोग प्रश्ताव जीवित रहेको सन्देश दिएको उल्लेख गरे । उनले फैसलाले न्यायपालिकालाई बचाएको तथा संसदको गरिमालाई बचाएको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по