११ चैत्र २०८२, बुधबार । March 25, 2026

फिल्म ‘सोल अफ द कमाण्डो’ शुक्रबारबाट प्रदर्शन सुरु


२३ मंसिर २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

प्रदर्शनपछिको शो हेरिसकेपछि सोल अफ द कमाण्डो चलचित्रका कलाकारहरुले फिल्म एकदमै राम्रो भएकाले सबैजनाले हेर्नुपर्ने बताए । उनीहरुले चलचित्रमा गोरखालीको वीर गाथालाई प्रश्तुत गरेको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा बोल्दै अभिनेता राजकुमार राईले चलचित्र नितान्त गोरखाली सैनिकको कथामा आधारित रहेको बताए ।

उनले नेपालीहरु इण्डियन र ब्रिटिस आर्मीमा जाँदा भोग्नुपरेका कथा र दुःखहरुलाई फिल्ममा देखाइएको बताए । उनले चलचित्रले नेपालको इतिहास थाहा नभएका हरुलाई इतिहासको बारेमा राम्रो जानकारी दिनेपनि उल्लेख गरे । २४ वर्षपछि फिल्मी पर्दामा देखिएका राईले दर्शकले चलचित्र मन पराउनेमा आशावादी रहेको बताए ।

फिल्ममा राइसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राई लगायतको पनि अभिनय छ । युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् । अभिनेता राई तेक्वान्दो खेलाडीका साथै अवकाश प्राप्त ब्रिटिश आर्मी हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali