७ बैशाख २०८३, सोमबार । April 21, 2026

भुवनलाई सुर्य नेपाल काठमाडौं ओपनको उपाधि


२३ मंसिर २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । 

भुवनले शुक्रबार ४-अन्डर ६४ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन् । उपाधि सहित भुवनले १ लाख १६ हजार प्राप्त गरे । उनको यो खेल करियरको दशौं उपाधि हो ।

६-अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५-अन्डर २ सय ६७ सहित दोस्रो भए । उनले ७८ हजार प्राप्त गरे। इभन-पार ६८ स्कोर जोडेका शुक्र बहादुर राईले समग्रमा १-अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए । पहिलो दुई दिनका लिडर रबि खड्काले ४-ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३-ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे ।

तेस्रो र चौंथो भएका शुक्र र रबिले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे । समग्रमा ५-ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौ, ६-ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैटौं र ७-ओभर २ सय ७९ को स्कोरमा सुर्य प्रसाद शर्मा सातौं भए । अन्तिम दिन रमेशले १-ओभर ६९, कृष्णमानले ५-ओभर ७३ र सुर्यले ३-ओभर ७१ स्कोर बनाए । 

अन्तिम १८ होलको सुरुवात गर्दा भुवनसँग नौ स्ट्रोकको अग्रता थियो। बिना दबाब सहजै अन्तिम दिनको खेल ४-अन्डर ६४ मा सकाउने क्रममा फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे । दोश्रो होलमा बोगी प्रहार गरेपनि तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए । यसपछि ११औं, १३औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे ।

सहजै भुवनले उपाधि जित्दा दोस्रो स्थानको लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चल्यो। अन्तिम दिनको खेल सुरू गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए । तर शुक्रलाई चार स्ट्रोकले माथ दिदै दिनेश दोस्रो भए । दिनेशले ६-अन्डरको सानदार नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए ।

दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा नवौ होलमा एक सट गुमाए। यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ४-अन्डर ३० मा पुरा गरे । प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजिटिआई) खेलिरहेको शुक्रले अपेक्षा अनुरुप खेल्न सकेनन् । अन्तिम दिन इभन-पार ६८ मा सकाए। उनले आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि ११औं, १३औं र १६औं होलमा एक-एक सट बचाए ।

तर १५औं र १७औं होलमा बोगी र १८औं होलको डबल बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे । प्रतियोगिताको एमेच्योरतर्फको उपाधि अजित बिकेले जिते । उनले ६-ओभर ७४ सहित समग्रमा १७-ओभर २८९ स्कोर जोडे। समग्रमा ३ सय ११ स्कोरसहित सुरेश तामाङ दोस्रो भए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित