३ बैशाख २०८२, बुधबार । April 17, 2025

विश्वकप फुटबल सिनेमाहलमा देखाए कार्बाही हुने



काठमाडौं । चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ ।

केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको हाे । चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ ।

‘प्रस्तुत सन्दर्भमा विभिन्न चलचित्रहरुले नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रतियोताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरुले आफ्नो वेबसाइट मार्फत शो समय समेत खुलाएको देखिएको सन्दर्भमा यस बोर्डको ध्यानाकर्षण भएको छ । उपरोक्त सम्बन्धमा चलचित्र प्रदशन गर्न दिईने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिईने इजाजतपत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ ।

अन्यथा नियमानुसारको कारबाही भैजाने व्यहोरा जानकारी गराईन्छ ।’ विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले जारी गरेको पत्रमा उल्लेख छ । 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको

लायन्स ३२५ आर को तेस्रो महाधिवेशन सफल, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय दौडमा

काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको

वीरगञ्ज भन्सारको राजस्वमा ठूलो फड्को, नौ महिनामा कति संकलन भयो ?

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले