४ आश्विन २०८३, आइतबार । September 20, 2026

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार


२३ मंसिर २०७९, शुक्रबार  

6
Shares

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सदस्यको छनोट गर्न बोलाइएको बैठकमा निर्वाचनको समीक्षा एवं समसामयिक विषयवस्तुमा छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार धुम्रबराहीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले पछिल्लो परिस्थितिमा विकास भएको राजनीतिक अवस्थामा पार्टी सरकारमा सहभागी हुने वा नहुने, पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण, राजनीतिक आदर्श तथा राजनीतिक विषयवस्तुलाई स्थापित गर्न निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने छ । संसदीय दलमा नेतृत्व छनोटका लागि निर्माण गरिने मापदण्डमा पनि सुझाव सङ्कलन गरिने बताइएको छ ।

पार्टीकातर्फबाट प्रतिनिधिसभामा सात सदस्य निर्वाचित भएका छन् । पार्टीका नेता सुन्दर पाण्डेका अनुसार करिब छ लाख मत प्राप्त गरेको पार्टीले समानुपातिकमा प्रतिनिधिसभामा सात तथा प्रदेशसभामा सत्र सिट प्राप्त गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली