३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने


२३ मंसिर २०७९, शुक्रबार  

3
Shares

कास्की । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकसाइडमा २४औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो । यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १३ देखि १७ सम्म पोखराको लेकसाइडको फिस्टेल गेटदेखि खहरे हुँदै जरेवरसम्मको तीन किमी क्षेत्रमा महोत्सव हुने रेवानका अध्यक्ष एवं महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए ।

उनले भने, “कोरोना महामारीबाट सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किन थालेको छ, मौसम खुलेको छ, हिमाल हाँसेका छन्, पर्यटक लोभ्याउने यस मौसममा पर्यटनमैत्री वातावरणमा महोत्सव सम्पन्न गर्न तयारीमा जुटेका छौँ ।” महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, ‘वेटर रेस’, ‘टग अफ वार’ र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम रहने महोत्सवका सहसंयोजक वैभव पौडेलले बताए ।

महोत्सवमा करिब चार लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवकै अवसरमा होटल सङ्घ पोखराले होटलका कोठामा २० प्रतिशत छुट दिने भएको छ । यसैगरी नेपाल पर्यटन बोर्डको सहयोगमा देशका सातवटै प्रदेशमा महोत्सवको प्रचारप्रसार गरिनेछ । महोत्सव व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि