१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

काठमाडौं ओपनमा रबिलाई उछिन्दै भुवन शीर्षस्थानमा



काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन् ।

१-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन् । दुई दिनका लिडर रबि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ । भुवनले रबि र शुक्र बहादुर राईलाई अन्तिम १८ होलको खेल बाकी छदा नौ स्ट्रोकले पछि पारेका छन् ।

शुक्रले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए । रबिले ९-ओभर ७७ को खराब प्रदर्शन गरे । दुवैजना समग्रमा १-अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन् । धन बहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १-ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्।

धनले ३-अन्डर ६५, दिनेशले २-अन्डर ६६ र कृष्णमानले इभन-पार ६८ मा खेल सकाए । ३-ओभर ७१ को नतिजा सहित प्रदीप कुमार लामा समग्रमा ३-ओभर २ सय ७ सहित सातौ स्थानमा छन् । रमेश अधिकारी र सुर्य प्रसाद शर्माले समग्रमा ४-ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाडे। ३६ होलको समाप्तीमा भुवन मात्र एक स्ट्रोकले पछि थिए ।‌ तर तेस्रो दिन १-अन्डर ६७ को स्कोर बनाउदा उनले नौ स्ट्रोकलो अग्रता बनाए ।

दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक-एक सट बचाउदा १० औ, १५ औ र १८ औ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए । भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो। उनले ९-ओभर ७७ को अत्यन्त खराब खेल खेले। दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४-ओभर ३८ मा पुरा गरे । यसपछि पनि सम्हालिन सकेनन् ।

१० औ र १८ औ होलमा डबल बोगीको सामना मात्र गरेनन ११ औ र १६ औ होलमा एक-एक सट खेर फाले । १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५-ओभर ३९ मा सकाए । शुक्र बहादुर राईले १-अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे ।

१३ औ होलको बर्डीले १-ओभर ३५ मा ब्याक नाइनको खेल सकाए । एमेच्योरतर्फ समग्रमा ११-ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन् । आज उनले ५-ओभर ७३ मा खेल सकाए। समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन् ।

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन् । उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по