२४ माघ २०८१, बिहिबार । February 6, 2025

टोखा मेयर कप जितकुण्डो शुक्रबारदेखि



काठमाडौं । नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएको छ । पुरुषमा ८ र महिलामा २ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

सबै स्पर्धाका पदक विजेतालाई नगदबाट पुरस्कृत गरिने छ । टोखा नगरपालिकाको मुख्य प्रायोजनामा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको सातौं जित कुण्डो सेमिनार बिहीबार सम्पन्न भएको छ ।

राखेप हातामै भएको दुईदिने सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरेका थिए । उनलाई आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले सहयोग गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निरन्तर उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको

त्रिकोणात्मक महिला टी २० सिरिजः आज नेदरल्याण्डस र थाइल्याण्ड भिड्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय त्रिकोणात्मक टी २०

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको बिक्रिदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः काठमाडौंमा चिसो केही बढ्यो, कस्तो छ देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको

माघ २४ गते बिहीबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २४ गते