४ असार २०८३, बिहिबार । June 18, 2026

अन्तराष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

एजेन्सी । कतार विश्वकपको समुह चरणबाट बाहिरिएपछि बेल्जियम कप्तान इडेन हाजार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

समूह एफ मा रहेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो । दोस्रो खेलमा मोरोक्कोलाई नतिजा सुम्पिएको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेसँगै घर फर्कन बाध्य भएको थियो ।

समूह चरणमा तीनवटै खेल खेले पनि हाजार्डले गोल खाता भने खोल्न सकेनन् । हाजार्डले सन् २००८ मा बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले बेल्जियमबाट एक सय २६ खेलमा ३३ गोल गरेका छन् । बेल्जियमले २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनले प्रभावशाली प्रदर्शन गरेका थिए ।

सेमिफाइनलमा भने बेल्जियम फ्रान्ससँग निराश भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा