३१ आश्विन २०८३, शनिबार । October 17, 2026

अन्तराष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

एजेन्सी । कतार विश्वकपको समुह चरणबाट बाहिरिएपछि बेल्जियम कप्तान इडेन हाजार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

समूह एफ मा रहेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो । दोस्रो खेलमा मोरोक्कोलाई नतिजा सुम्पिएको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेसँगै घर फर्कन बाध्य भएको थियो ।

समूह चरणमा तीनवटै खेल खेले पनि हाजार्डले गोल खाता भने खोल्न सकेनन् । हाजार्डले सन् २००८ मा बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले बेल्जियमबाट एक सय २६ खेलमा ३३ गोल गरेका छन् । बेल्जियमले २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनले प्रभावशाली प्रदर्शन गरेका थिए ।

सेमिफाइनलमा भने बेल्जियम फ्रान्ससँग निराश भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि