२ कार्तिक २०८३, सोमबार । October 19, 2026

एक सिटे जसपा निर्णायक


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै दलहरू सरकार गठनका लागि समीकरणको जोडघटाउमा जुट्न थालेका छन् ।

सात वटा प्रदेशमध्ये प्रदेश १ मा रोचक समीकरण बनेको छ । प्रदेश १ को प्रदेशसभामा जम्मा एक सिट जितेको जसपा नेपालले जुन पक्षलाई समर्थन गर्दछ, उसैले सरकार गठन गर्न सक्ने अवस्था देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनमध्ये कसैले पनि जसपा नेपालको समर्थन बिना बहुमत हासिल गर्ने अवस्था देखिएको छैन ।

प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सिट प्राप्त गरेको छ । एमालेसँगै तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सिट प्राप्त गरेको छ ।

एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद मात्र हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई एक सिट रहेको जसपाको समर्थन अनिवार्य हुन्छ । अर्कोतिर सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी जम्मा २९ सिट प्राप्त गरेको छ ।

सोही गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी जम्मा १३ सिट पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी जम्मा ४ सिट पाएको छ । यी तीन दल मिलेर सत्तारुढ गठबन्धनसँग जम्मा ४६ सांसद मात्र हुन्छन् ।

बहुमतका लागि यो गठबन्धनलाई पनि एक सिट रहेको जसपा निर्णायक हुने देखिन्छ । निर्वाचनमा जसपा नेपाल र नेकपा एमालेबीच केही स्थानमा गठबन्धन भएको थियो । यस आधारमा जसपाले एमाले नेतृत्वको गठबन्धनलाई नै सघाउने हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि चुनावसँगै एमालेसँगको गठबन्धनको औचित्य सकिएको अभिव्यक्ति दिएर विकल्पहरू खुला राखेका छन् । त्यसैले पनि प्रदेश १ को सत्ता समीकरण थप रोचक बन्ने देखिएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि