२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त



काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चय कोषको प्रमुख प्रशासकमा धिताललाई नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । धिताल यसअघि कोषको निमित्त प्रशासक थिए । चार्टर्ड अकाउन्टेन्ट ९सीए० धिताल गोरखाका स्थायी बासिन्दा हुन् ।

अर्थशास्त्र तथा सूचना प्रविधिमा समेत स्नात्तकोतर गरेका धिताल सीएको अध्ययन लगतै सञ्चयकोषमा प्रवेश गरेका थिए । सञ्चय कोषले कात्तिकमै प्रशासकको लागि सूचना जारी गरेपछि तीन जनाले आवेदन दिएका थिए । त्यसमध्ये धिताल विभिन्न प्रक्रिया पार गर्दै प्रशासकमा नियुक्त भएका हुन् ।

निर्वाचन आचारसंहिताका कारण नियुक्ति प्रक्रिया केही ढिला भएको हो । यो वर्ष कर्मचारी सञ्चय कोष ६१ वर्षमा लागेको छ । कोषले सरकारी र निजी क्षेत्रका कर्मचारीको सेवाअवधि र अवकासपछिको वित्तीय सुरक्षाको काम गर्दै आएको छ ।

कोषले यो वर्ष फिलिपिन्समा रहेको एसिया प्यासिफिक क्षेत्रका डेभलपमेन्ट फाइनासिङ संस्थाहरूको संगठन एडीफ्यापबाट ‘टेक्नोलोजी डेभलपमेन्ट’अन्तर्गतको अवार्डसमेत पाएको छ । साथै लामो समयदेखि अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संस्थाको एसोसिएट सदस्य रहेको कोष यही वर्षदेखि स्थायी सदस्य बनेको छ । कोषले सञ्चयकर्ताका ससाना आवश्यकता विशेषतः आवास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा तथा देशको आर्थिक विकासका लागि ठूला पूर्वाधार आयोजनामा लगानीसमेत गर्दै आएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको