४ आश्विन २०८३, आइतबार । September 20, 2026

कानून व्यवसायीद्वारा सर्वोच्च अदालतको मुलगेटमा धर्ना


२१ मंसिर २०७९, बुधबार  

6
Shares

काठमाडौं । कानून व्यवसायीहरुले सर्वोच्च अदालतको मुलगेटमा धर्ना दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नो निलम्वन फुकुवा भएको पत्र संसद सचिवालयबाट पाएलगत्तै सवोच्च अदालतमा आउने समाचार सार्वजनिक भएको थियो । त्यसलगत्तै उनीहरु प्रधानन्यायाधीश जबरालाई रोक्न बुधबार दिउँसो सर्वोच्च अदालतको मुलगेटमा भेला भएका हुन् । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोशिएशनका पदाधिकारीहरुसहित भेला भएका कानून व्यवसायीहरुले संविधान र कानून विपरित निलम्वन फुकुवा गर्ने पत्र संसद सचिवालयले दिएको उल्लेख गर्दै जबरालाई कुनैपनि हालतमा सर्वोच्च अदालतमा प्रवेश हुन नदिने बताए ।

कानूनी र नैतिकताका हिसावले सर्वोच्च अदालतको नेतृत्व गर्न जबरा असक्षम भएको भन्दै जबरालाई प्रधानन्यायाधीशको रुपमा काम गर्न दिन नहुने कानून व्यवसायीको तर्क छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग फुकुवा भएको भन्दै निलम्वित प्रधानन्यायाधीश जबरालाई फुकुवा पत्र दिएका थिए । जुन पत्र संविधान र कानून विपरित रहेकाले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश हुन नदिने कानूनी व्यवसायीहरुको तर्क छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली