२ कार्तिक २०८३, सोमबार । October 20, 2026

आईसीसी विश्वकप लिग-टु

आज नेपालले नामिबियासँग खेल्दै


२१ मंसिर २०७९, बुधबार  

9
Shares

काठमाडौं । जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत बुधबार नेपाल र नामिबिया खेल्दैछन् ।

नेपाल र नामिबियाबीचको खेल बुधबार दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा यो नेपालको तेस्रो खेल हो । यसअघि नेपाल र नामिबियाबीच भएको खेल वर्षाले प्रभावित भएको थियो ।

जसले गर्दा दुवैले अंक बाँडेका थिए । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो । स्कटल्याण्डलाई भने हराएको थियो । घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि