३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

उद्योगमन्त्री बडूसँग उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ ।

उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै मंगलवार मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेट गरेको हो । यसअघि पनि उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगसमेत भेट गरेको थियो ।

मुलुकको अर्थतन्त्र जोगाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि उद्योग मन्त्रीसँग भेट गरिएको महासंघले बताएको छ ।

उद्योग मन्त्रीसँगको भेटपछि न्युज एजेन्सीसँग भेटका विषयमा प्रतिक्रिया दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको विषयमा जानकारी दिनको लागि महासंघले भेट गरेको बताए । उनले उद्योग मन्त्रीसँग पछिल्लो समय बजारमा देखिएको तरलता समस्याले उद्योग व्यवसायमा परेको समस्या कसरी सहज बनाउने विषयमा ध्यानाकर्षण गराएको बताए ।

महासंघले पछिल्लो समय शीर्ष नेताहरूसमक्ष अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गर्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी