११ चैत्र २०८२, बुधबार । March 25, 2026

अन्तर्वार्ता

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी

हाम्रो न्यायका लागि मत राख्नेहरु र नयाँ अपेक्षा राख्ने मतदाताले सहयोग र समर्थन गरी मतदान गर्नुभयो


२० मंसिर २०७९, मंगलबार  

6
Shares

नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा उहाँकी धर्मपत्नी एवं पार्टी अध्यक्ष रञ्जु श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार चार सय चार मतसहित निर्वाचित भएकी छीन् । उनले नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गरी सदनमा प्रवेश गरेकी छन् । कांग्रेसका चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका थिए । सोही पार्टीबाट कैलाली क्षेत्र नं २ मा अरुणकुमार चौधरीले २१ हजार आठ सय ७१ मत ल्याएर निर्वाचित भएका छन् । नेकपा ९एमाले० का झपटबहादुर रावललाई पराजित गर्दै उनी सङ्घको सांसद बनेका हुन् । एमालेका रावलले १६ हजार एक सय २८ मत ल्याएका छन् । यस्तै क्षेत्र नं ३ बाट गङ्गाराम चौधरीले नेकपा ९माओवादी केन्द्र० का कृष्णकुमार चौधरीलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका छन् । गङ्गारामले २३ हजार एक सय २० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत ल्याए । रेशम चौधरीका पिता लालवीर चौधरी बर्दिया निर्वाचन क्षेत्र नं २ बाट २६ हजार पाँच सय २० मतसहित स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार तीन सय ८४ मत ल्याउएका छन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरेका उनीको पार्टी निर्वाचन परिणाम आएसँगै सरकार गठनका सन्दर्भमा पुनः चर्चामा रहेको छ । सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने पनि जनचासोको विषय छ । निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा गरिएको कुराकानी।

भर्खरै आम निर्वाचन सम्पन्न भएको छ, निर्वाचनलाई कसरी लिनुभएको छ ?
निर्वाचन जनमतको परीक्षण गर्ने थलो हो । यसलाई पार्टीले स्वाभाविक रुपमा लिएको छ । यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो । परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ ।

निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मत परिणामबारे यहाँले कसरी समीक्षा गर्नुभएको छ ?
निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ । जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन् । हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ । जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ । तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन । जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा सङ्घ र प्रदेशमा गरी १२ सांसद पाउँदैछौ । पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ । स्थानीय तहमा करिब सय जना साथीहरु निर्वाचित भइसक्नुभएको छ ।

तपाइँको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
टीकापुर घटना राजनीतिक घटना हो । तर पनि हाम्रा साथीहरु जेलमा छन् । कैयौँले मुद्दा खेपिरहनुभएको छ । यस पटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ । टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरु र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ ।

अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु । उहाँहरुले हामीहरुलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ । तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

मधेस केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ?
उहाँहरुप्रति खास केही भन्नु छैन । मैले उहाँहरुलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिए । तर उहाँहरुले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो । यसमा निकै दुःख लागेको छ । त्यहाँका जनताले पनि मतमार्फत उहाँहरुप्रतिको गुनासो व्यक्त गरिसकेका छन् । अर्को चन्द्रकान्त (सिके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रुपमा उदाएको छ । बाँकी त हेर्नु नै छ ।

निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ, यसबीचमा तपाइँसँग कसैको कुराकानी भएको छ ?
म आठ वर्षदेखि जेलमा छु । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० सधैँ सरकारमै छन् । मधेस केन्द्रित दलका नेताहरु पनि कुनै न कुनै रुपमा सरकारमै हुनुहुन्छ । उहाँहरुबाट हेर्न केही बाँकी छैन । कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न ।

सरकार गठनमा तपाइँहरुको भूमिका के हुन्छ ?
हामी सबैसँग सकारात्मक नै छौँ । जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हँुदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनाँै । कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरु थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्‍यो ।

त्यसो भए तपाइँहरुको मुख्य माग के हो त ?
हाम्रा माग पुरानै छन् । पटक–पटक उहाँहरुलाई भनिएकै हो । टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपथ्र्यो, हालसम्म गरिएको छैन । फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरुसँग सहकार्य हुन्छ । त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali