२५ भदौ २०८३, बिहिबार । September 10, 2026

‘बिरानो शहर’ म्युजिक भिडियो सार्वजनिक


२० मंसिर २०७९, मंगलबार  

15
Shares

काठमाडौं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी ।

गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा बिरानो शहर गीत सार्वजनिक भएको छ । प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लागि शहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने सङ्कटप्रति सचेत हुँदै शहरमा पुगेर सङ्घर्ष गरिरहेको युवाको कथा यसमा छ ।

अनिर मास्केको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिएका छन् । सचिन सिंहले एरेञ्ज गर्नुभएको गीतको भिडियोलाई निर्देशन, छायाङ्कन र सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गर्नुभएको गीतकार श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र सङ्गीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘बिरानो गाउँमा’ नामक गीत सार्वजनिक भएको थियो । गीतमा गायिका मिलन नेवारले स्वर दिएकी छीन् । बिरानो गाउँ गीतकै निरन्तरताका रुपमा बिरानो शहर तयार भएको सङ्गीतकार मास्केले जानकारी दिए ।

उनले भने, बिरानो गाउँमा प्रेमी शहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने बिरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated