११ चैत्र २०८२, बुधबार । March 25, 2026

संघीयतापछिका दुई निर्वाचनमा कांग्रेसलाई फाइदा, चार पार्टीको उदय


२० मंसिर २०७९, मंगलबार  

9
Shares

काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् ।

नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा प्रवेश गरेको थियो । संघीयता लागूभएपछि नेपालमा  दुईवटा निर्वाचन सम्पन्न भएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा र  विसं. २०७९ मंसिर ४ गते गरी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएका हुन् । 

संविधानतः हरेक पाँच वर्षमा निर्वाचन गर्नुपर्ने बाध्यता छ । त्यसैको कार्यान्वयन अनिवार्यता स्वरूप आम निर्वाचन २०७९ सम्पन्न भएको हो ।  संघीयता पछिका दुईवटा आमनिर्वाचन नियाल्दा देशले अनेक राजनीतिक घटना परिघटना व्यहोरेको छ । सबैभन्दा ठूलो सत्तारुढ दल विघटनदेखि रातारात संसद्को हत्यासम्मका घटनाले राजनीतिक क्षेत्र चर्चामै रह्यो ।

झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकार ढल्नेदेखि कोभिड महामारीसम्मका घटनाले राजनीतिलाई यो समयमा प्रभावित बनायो ।परिस्थितिमा फेरबदलसँगै यो अवधिमा दलहरूको आकार र अस्तित्वमा समेत परिवर्तन आएको  छ । गत निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको नेकपा एमाले यस पटक ४४ सिटमा खुम्चिएको छ । 

नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धनमा रहेर निर्वाचनमा होमिएका कारण पनि एमाले राम्रो नतिजा ल्याउन सफल भएको मानिन्छ । यद्यपि २०७९ को आम निर्वाचनसम्म आइपुग्दा एमाले खुम्चिएर झण्डै आधा भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा विघटन र एमाले समेत विभाजनका कारण उसले यसपटकको निर्वाचनमा २३ गुमाएको छ ।

गत निर्वाचनमा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेस आम निर्वाचन २०७९ मा पहिलो शक्तिको रूपमा आएको छ । गत निर्वाचनमा २३ सिट ल्याएको कांग्रेसले यस निर्वाचनमा ३४ सिट थपेर ५७ सिट पुर्‍याएको छ  । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा लगायतका दलहरूसँग गठबन्धन गरेको उसले सबैभन्दा धेरै फाइदा लिएको छ ।

गत निर्वाचनमा वाम गठबन्धनका रूपमा एमालेसहित चुनाव लडेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । यस पटक कांग्रेससँग गठबन्धन गरेको भए पनि माओवादीले १८ वटा सिट गुमाउँदै १८ सिटमा खुम्चिएको छ । यसअघि पार्टी नै नरहेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ चौथो दलका रूपमा उदाएको छ ।

गत निर्वाचनपछि एमाले फुटेर नयाँ पार्टीका रूपमा अघि आएको उसले आम निर्वाचन २०७९ मा १० सिटमा जित निकालेको छ । यस्तै गत निर्वाचनमा अस्तित्वमै नरहेको आमनिर्वाचन २०७९ को पनि केही महिना अघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० जितेको छ । मधेशमा प्रभाव कायम गरेको जनता समाजवादी पार्टीले गत निर्वाचनमा भन्दा यस पटकको आमनिर्वाचनमा घाटा व्यहोरेको छ ।

उसले गत निर्वाचनमा १० सिट जितेकोमा यस पटक ३ सिट गुमाउँदै ७ सिटमा सीमित हुनुपरेको हो । राजतन्त्र र हिन्द राष्ट्रको एजेण्डा बोकेर जनतामा जाँदा गत निर्वाचनमा १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा  विघटनका बाबजुद पनि यसपटक ७ सिटमा जित हासिल गरेको छ । यता लोकतान्त्रिक समाजवादी पार्टीले गत निर्वाचनमा ११ सिट जितेको थियो ।

यद्यपि यस पटक उसले ४ सिट गुमाउँदै ७ सिटमा खुम्चिनु परेको छ ।  गत निर्वाचनमा अस्तित्वमै नरहेको नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । राष्ट्रिय जनमोर्चाले गत निर्वाचनमा १ सिट ल्याएको थियो । यस पटक उक्त पार्टी १ सिटमै सीमित भएको छ । यद्यपि सिट बढाउन नसके पनि पात्र भने परिवर्तन गरेको देखिन्छ ।

नेपाल मजदुर किसान पार्टीले गत निर्वाचनमा जस्तै यसपटक पनि एक सिटमै सीमित हुनु परेको छ । पहिलो पटक निर्वाचनमा निर्वाचनमा सहभागी भएको जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको छ । भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल विघटन भएको छ । उक्त पार्टीले गत निर्वाचनमा भने १ सिटमा जित हासिल गरेको थियो । अघिल्लो निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवार मात्र विजयी भएकोमा यस पटकको आम निर्वाचनमा भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

गत निर्वाचनपछिको राजनीतिक माहौल र यस पटकको आम निर्वाचन पछिको माहौलमा समेत निक्कै अन्तर देखिएको छ । हिजोको बहुमत प्राप्त दल यस पटक प्रतिपक्षमा बस्नुपर्ने बाध्यतामा छ भने गत निर्वाचनको तेस्रो दल यस पटक पहिलो दलका रूपमा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालिरहेको छ । 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali