३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

हेटौँडा सिमेन्ट उत्पादन हुन एक हप्ता लाग्ने



मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ ।

एक साताभित्र सिमेन्टको पुनः उत्पादन सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर केही दिनदेखि सिमेन्ट उत्पादन बन्द गर्नु परेको प्रशासन महाशाखाले जनाएको छ । उद्योगको भण्डारणमा राखिएको गुणस्तरीय सिमेन्टलाई जुटका बारेमा प्याकिङ गरी काठमाडौँ र हेटौँडालगायत विभिन्न सहर आपूर्ति गरिरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।

उनका अनुसार, उत्पादन सिमेन्टहरु सुपथ मूल्यमा विकास आयोजना, सडक–ढल निर्माण एवम् सर्वसाधारणको आवासगृह निर्माणका लागि उच्च प्राथमिकता दिएर खपत गरिरहेको स्पष्ट पारे । मकवानपुरमा नेपाल सरकारद्वारा २०३३ सालमा हेटौँडा सिमेन्टको स्थापना गरी सो उद्योगले विसं २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरिएको र उपभोक्ताहरुलाई खपत गर्न उद्योग व्यवस्थापन निरन्तर लागिरहेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसुन्धारा पाण्डेले बताए । अहिले सो उद्योगमा दैनिक १४ हजार बोरा सिमेन्ट उत्पादन गरिँदै आएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी