२४ माघ २०८१, बिहिबार । February 6, 2025

आधिकारिक ट्रेड युनियनलाई काम गर्न खुल्यो बाटो



काठमाडौं । सर्वोच्च अदालतले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको वर्तमान नेतृत्वलाई काममा अवरोध नगर्न परमादेश दिएको छ ।

समयावधिसकिएको भन्दै सरकारले वर्तमान नेतृत्वलाई काम गर्न रोक लगाएपछि आधिकारिक ट्रेड युनियनको नेतृत्व सर्वाेच्च पुगेको थियो । ट्रेड यनियनको तर्फबाट बहस गरेकाअधिवक्ता मुकुन्द अधिकारीका अनुसार वर्तमान कार्य समितिको काम कारवाहीमा अवरोध नगर्न यसअघिकैअन्तरीम आदेशलाई निरन्तरता दिएको बताए । निर्वाचनको विषयमा भनेपूर्ण पाठ आएपछि मात्र भन्न सकिने अधिवक्ता अधिकारीको भनाइ छ ।

हरेक चार वर्षमा हुनुपर्ने अधिकारिक ट्रेड युनियनको निर्वाचन हुन नसकेको ६ वर्ष बितिसकेको छ । यसअघि पहिलो पटक २०७३ साल वैशाख १० गते निर्वाचन भएको थियो । निजामती सेवा नियमावली, २०६४ अनुसार आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने व्यवस्था छ ।

भोला पोखरेल
कार्यवाहक अध्यक्ष, आधिकारिक ट्रेड युनियन

यसअघि आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने सरकारको दुई पटकको प्रयास असफल भएको थियो । यसैबीच आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले अदालतको आदेशको स्वागत गर्दै चाँडोभन्दा चाँडो संघीय निजामति ऐनल्याई निर्वाचन गर्न सरकारसँग माग गरेका छन् । गो न्यूज नेपालसँग कुरा गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले निजामति ऐन नल्याउँदा र निर्वाचनमा ढिलाई हुँदा आधिकारिक ट्रेड युनियन कमजोर बनेको बताए ।

सौदावाजीको अधिकार निजामति सेवा ऐनले आधिकारिक ट्रेड युनियनलाई मात्र दिएको र यो अविछन्न उत्तराधिकारी भएकोले यो छिन्नभिन्न हुननसक्ने पोखरेलको भनाइ छ । समयमा निर्वाचन हुन नसक्दा पहिलेकै पदाधिकारीले काम गर्नपाउने ऐनमै व्यवस्था भएको भन्दै उनले निर्वाचन गर्न आफूहरुको बारम्बारको प्रयासलाई सरकारले वेवास्ता गरेको आरोप पनि लगाए । उनले संघीय निर्वाचन ऐन ल्याउनवर्तमान सरकारले वेवास्ता गरेको भन्दै अब बस्ने संसदको पहिलो बैठकमै ऐनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह पनि गरे ।

आधिकारिक ट्रेड युनियन कमजोर बन्दा दलै पिच्छेका कर्मचारीका संघ, संगठनहरु प्रशासन क्षेत्रमा हाबी हुँदै गएको कतिपयको बुझाइ छ । आधिकारिक ट्रेड युनियन कमजोर बनाइ सरकारले नै आफू निकटका कर्मचारीका संघ, संगठनका पदाधिकारीलाई सक्रिय बनाएको र उनीहरु कर्मचारीको सरुवाबढुवा गर्ने काममा हाबी भएको कतिपय कर्मचारीको गुनासो छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक महिला टी २० सिरिजः आज नेदरल्याण्डस र थाइल्याण्ड भिड्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय त्रिकोणात्मक टी २०

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको बिक्रिदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः काठमाडौंमा चिसो केही बढ्यो, कस्तो छ देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको

माघ २४ गते बिहीबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २४ गते

सामान्य अंकले घट्यो नेप्से, ८ अर्ब ९५ करोड बराबरको कारोबार

काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सेयर बजार परिसूचक