२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश



काठमाडौं । मनाङ २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मनाङेलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङेले विज्ञप्तिमा भनेका छन्, ‘मेरो पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेको राजनीतिक पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।’

मनाङेले राजनीतिक कमाउनका लागि नभएर जनताप्रति समर्पित भएर गरिने कार्य रहेको पनि उल्लेख गरेका छन् । स्वतन्त्र रुपमा जनताको सेवा गरिरहँदा र परिवर्तित परिस्थितिअनुसार एक्लै भन्दा पार्टीमा रहेर त्यसको बलमा गरिने पहलकदमी प्रभावकारी हुने भएको निष्कर्षमा पुगेको पनि उनले भनेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान