३ आश्विन २०८३, शनिबार । September 20, 2026

सभापतिबाट रविलाई हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी


१९ मंसिर २०७९, सोमबार  

9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

वैध नेपाली नागरिकता नभएका व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन नमिल्ने दाबी सहित सोमबार युवराज पौडेलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा वैध नागरिकता नै नभएका लामिछानेको सभापतित्वमा दल दर्ता गरेर निर्वाचन आयोगले त्रुटि गरेको दाबी गर्दै लामिछानेलाई सभापतिसँगै दलको साधारण सदस्यता समेत खारेज गर्न माग गरिएको छ । नेपाली नागरिकता नै नभएका लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवं सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिनु निवेदनमा माग गरिएको छ ।

निवेदनमा गरिएको दाबी अनुसार लामिछानेसँग वैध नागरिकता नभए उनी पार्टीको साधारण सदस्य समेत रहन सक्दैनन् । उनले अमेरिकी नागरिकता लिँदा निष्क्रिय भएको नेपाली नागरिकता सक्रिय बनाउन कानुनी प्रक्रियामै नगएको स्विकारिसकेका छन् । पौडेलले यस अगाडि गृह मन्त्रालयमा दिएको नागरिकता सम्बन्धी उजुरीमा आधारमा जिल्ला प्रहरी परिसरले छानबिन गरिरहेको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयमा पत्र पठाएर छानबिन गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली