८ कार्तिक २०८३, आइतबार । October 25, 2026

गोकुल बास्कोटाको घरमा शंकापद वस्तु फेला, सेनाको टोली पुग्यो


१८ मंसिर २०७९, आइतबार  

18
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकापद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता ढिएसपी राजु पाण्डेले जानकारी दिएका छन् । शंकास्पद वस्तु फेला परेपछि वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए। ‘ अहिले सेनाको बम डिस्पाजल टोली आएर अनुसन्धान भइरहेको छ,’ पाण्डेले भने,‘ काठमाडौंबाट पनि थप टोली आएर काम सुरु भएको हो।’

आइतबार बिहान बास्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखिएको थियो । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बास्कोटा भने अहिले घरमा छैनन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि