१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

डिजिटल प्रणालीले कागज र पेनको बजेट ४० प्रतिशत प्रतिशत घट्यो


१७ मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अर्थसचिव वैकुण्ठ अर्यालले डिजिटल प्रणालीले मन्त्रालयको कागज र पेनको बजेट ४० प्रतिशत घटेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव अर्यालले मन्त्रालयका ९५ प्रतिशत काम डिजिटल प्रणालीबाट भइरहेको जानकारी दिए । प्रविधि प्रयोगमा हामी अग्रसर छौं, उनले भने, मैले ९० प्रतिशत फाइलमा हस्ताक्षर गर्दिनँ । त्यस्तै उनले आईटी बिल संसोधनका लागि खुला गर्ने तयारी भइरहेको समेत जानकारी लदिए ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उनले अन्य साझेदारहरुसँग सहकार्यमा यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै निजी क्षेत्रलाई पनि डेटा सेन्टर बनाउन नीति निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिए । सो अवसरमा बोल्दै नेपाल सरकारका मुख्यसचिव डा. शंकरदास वैरागीले देशको विकासका लागि उद्योग क्षेत्रको विकास नभएसम्म देशको विकास हुँदैन भन्नेमा सरकार सजग रहेको बताए ।

पूँजीगत खर्चको अंश अपेक्षाकृत रुपमा हुन नसकिरहेको भन्दै उनले पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । “नीतिगत सुधार गर्न कहाँ हस्तक्षेप गर्नुपर्छ, त्यहाँ निजी क्षेत्रबाट सुझावको अपेक्षा गरेका छौं” उनले भने, “सरकारले लिएका योजना तथा कार्यक्रम सुधार सहि दिशामा छ की छैन, ठिक मार्गमा छ की छैन भन्नेमा इमादारिताका साथ हेर्नुपर्छ ।” 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली