२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला



सर्लाही । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी मृत फेला परेका हुन् । भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११औँ वार्षिक साधारण सभामा सहभागी हुन ६५ वर्षीय भट्टराई सर्लाही आएको शाखाका सचिव सुनिल ठाकुले जानकारी दिए ।

साधारण सभा शनिबार उक्त रिसोर्टमा गर्ने कार्यक्रम तय भएको थियो । सप्तरी घर भएका भट्टराई मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भएपछि जनकपुर बस्दै आएका थिए । शुक्रबार राति खाना खाएर सुतेका भट्टराई बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका नखोलेपछि झ्यालबाट हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताए ।

रिसोर्टमा मृतक भट्टराईसहित अन्य सञ्चारकर्मीसमेत शुक्रबारदेखि सँगैबसेका र सुत्ने क्रममा भट्टराई छुट्टै कोठामा सुतेका उक्त रिसोर्टका सञ्चालक विमल नगरकोटीले बताए । भट्टराईको रिसोर्टकै कोठामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । भट्टराई बसेको कोठामा उक्तचाप र मधुमेह रोगको औषधीसमेत फेला परेको उनले बताए ।

भट्टराईको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको