२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति छैन : उपाध्यक्ष नेम्वाङ



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी दिए । जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नु पर्ने र एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने उहाँको भनाई छ ।

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए । प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामका अनुसार लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढङ्गबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई