५ असार २०८३, शुक्रबार । June 19, 2026

‘नेपथ्य सङ्गीत यात्रा’ को सबै तयारी पूरा


१५ मंसिर २०७९, बिहिबार  

15
Shares

काठमाडौं । मानवता प्रवद्र्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य व्याण्डको सहकार्यमा काठमाडौं, पोखरासहित मुलुकका प्रमुख १० सहरमा हुन लागेको सङ्गीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ को सबै तयारी पूरा भएको छ ।

आश्रमले बिहिबार उक्त कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी गराएको हो । सङ्गीतका माध्यमबाट मुलुकका सडकपेटीमा रहेका असक्त, असहाय तथा परिवारविहिन व्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण एवं उनीहरुको पारिवारिक पुनर्मिलनका लागि आर्थिक स्रोत जुटाउन र मानवता प्रवद्र्धन गर्न यसपटक आश्रमले नेपथ्य व्याण्डसँग मिलेर सङ्गीत यात्रा आयोजना गरेको हो । उक्त सङ्गीत यात्रा मङ्सिर १६ गते विराटनगरबाट सुरु भई पुस १६ गते काठमाडौंमा आएर समापन गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

शुक्रबार विराटनगरको हाटखोला मैदानबाट कार्यक्रम सुरु हुनेछ । महिनाव्यापी अभियानअन्तर्गत मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत मानवता प्रवद्र्धन कार्यक्रम हुने छ । यस्तै पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ । मानवसेवा आश्रममा आश्रित व्यक्तिका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन सहयोग पुग्ने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले सुनाए ।

आश्रममा हाल एक हजार छ सय सडक आश्रित मानवहरु संरक्षित छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा