४ बैशाख २०८२, बिहिबार । April 17, 2025

‘नेपथ्य सङ्गीत यात्रा’ को सबै तयारी पूरा



काठमाडौं । मानवता प्रवद्र्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य व्याण्डको सहकार्यमा काठमाडौं, पोखरासहित मुलुकका प्रमुख १० सहरमा हुन लागेको सङ्गीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ को सबै तयारी पूरा भएको छ ।

आश्रमले बिहिबार उक्त कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी गराएको हो । सङ्गीतका माध्यमबाट मुलुकका सडकपेटीमा रहेका असक्त, असहाय तथा परिवारविहिन व्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण एवं उनीहरुको पारिवारिक पुनर्मिलनका लागि आर्थिक स्रोत जुटाउन र मानवता प्रवद्र्धन गर्न यसपटक आश्रमले नेपथ्य व्याण्डसँग मिलेर सङ्गीत यात्रा आयोजना गरेको हो । उक्त सङ्गीत यात्रा मङ्सिर १६ गते विराटनगरबाट सुरु भई पुस १६ गते काठमाडौंमा आएर समापन गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

शुक्रबार विराटनगरको हाटखोला मैदानबाट कार्यक्रम सुरु हुनेछ । महिनाव्यापी अभियानअन्तर्गत मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत मानवता प्रवद्र्धन कार्यक्रम हुने छ । यस्तै पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ । मानवसेवा आश्रममा आश्रित व्यक्तिका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन सहयोग पुग्ने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले सुनाए ।

आश्रममा हाल एक हजार छ सय सडक आश्रित मानवहरु संरक्षित छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग