२१ फाल्गुन २०८१, बुधबार । March 6, 2025

अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैनः उपाध्यक्ष पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन् ।

बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डाका बारेमा बोल्दै उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताए । उनले आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भएपनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताए । उनले राजनीतिक स्थिरताका निमित्त धेरै आश गर्ने ठाउँ नरहेको बताए ।

उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको बताए । उनले संविधान निर्माणपछि बनेका सरकारको कामहरु वस्तुनिष्ठ ढंगले समीक्षा हुनुपर्ने माग गरे । उनले नेकपा एमालेको गरेका उपलब्धि र कमजोरीको आफू जिम्मेवारी लिने पनि बताए ।

उनले नेकपा एमालेको तत्कालीन सरकारले कोरोना भाइरस र भूकम्पको बेलामा पनि अर्थतन्त्रलाई लयमा राखेको तर अहिलेको सामान्य अवस्थामा पनि किन असामान्य परिस्थिति भएको छ ? भन्दै प्रश्न गरे । उपाध्यक्ष पौडेलले देशको आर्थिक संकट कल्पनातित रहेको भन्दै मुलुकले भोगिरहेको अर्थ संकटलाई केस वाइज विश्लेषण हुनुपर्ने आवश्यक्ता रहेको बताए । उपाध्यक्ष पौडेलले सरकारमा बसेर निजी स्वार्थका लागि नीति निर्माण गर्ने हो भने तत्कालका अर्थतन्त्रका समस्या समाधान गर्न नसकिने बताए ।

उनले अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र लगायतका आर्थिक क्षेत्रका सबै पक्षहरुको सहभागितामा छलफल हुनु जरुरी रहेको बताए । उनले सबै क्षेत्रहरु बसेर निकालिएको निस्कर्षलाई समान ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । उपाध्यक्ष पौडेलले हाल आर्थिक क्षेत्रमा असाधारण समस्या रहेको भन्दै साधारण समस्याको समाधान पनि असाधारण हिसावमै हुनुपर्ने बताए ।

उनले मुलुक आर्थिक क्षेत्रमा असाधारण संकटको डिलमा पुगेको भन्दै प्रचलित अभ्यासबाट अहिलेका आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए । उनले सरकारसँग निजी क्षेत्रको विश्वास टुट्दै गइरहेको पनि बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  २ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई