२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

गगन थापा प्रधानमन्त्री बन्न चुनौति नै चुनौति

प्रधानमन्त्रीमा थापाको दाबि निकै कमजोर धरातलमा उभिएको घर


१४ मंसिर २०७९, बुधबार  

9
Shares

काठमाडौं । बारम्बार पुस्तान्तरको मुद्दालाई जोड तोडले उठाईरहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यस पटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।

थापाले मनोनयन दर्ता अघि देखी नै प्रधानमन्त्रीमा आफ्नो दाबि रहने बताउँदै आएका थिए । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पार्टी भित्र पनि युवा पंक्तिको बलियो सर्मथन रहेको छ । तर नेपाली कांग्रेसको विधान अनुसार प्रधानमन्त्रीमा दाबि गर्नका लागि पहिला संसदिय दलको नेता चयन हुनुपर्छ । जुन कुरा थापाका लागि फलामको गेट साबित हुनसक्छ ।

नेपाली कांग्रेसमा सर्वसम्मत दलको नेता चयन हुन नसके मतदान मार्फत ५१ प्रतिशत मत त्याउने व्यक्ति दलको नेता बन्नेछ । यता ५–५ पटक प्रधानमन्त्री बनिसकेका कांग्रेस सभापति देउवाले विगत देखिनै छैठौँ पटक प्रधानमन्त्री बन्ने ईच्छाशक्ति जाहेर गर्दै आएका छन् । त्यसैले पनि प्रधानमन्त्रीमा उनको दाबि स्वाभाविक हो ।

निर्वाचनको अन्तिम परिणाम नआउँदै देउवा संसदिय दलको नेता बन्न र आगामी सरकारको नेतृत्व सम्हाल्न पार्टी भित्र र गठबन्धनका दलहरुसंग समानान्तर छलफलमा जुटिसकेका छन् । यता बरिष्ठ नेता रामचन्द्र पौडेल पनि निर्वाचित भएसंगै तारन्तार प्रधानमन्त्रीमा आफ्नो बलियो दाबि रहने बताईरहेका छन् ।

महामन्त्री थापाले निर्वाचित भएलगत्तै आफु संसदीय दलको नेताको तयारीमा लागेको घोषणा गरेका थिए । उनले निर्वाचनबाट प्रधानमन्त्रीका लागि म्यान्डेट पाएको र संस्थापनसँग विद्रोह गरेर परिणाम निकाल्न जनताले आफुलाई अत्याधिक मतले जिताएर पठाएको दाबि गर्दैं आएका छन् । यतिमात्रै होईन कांग्रेभित्रै नेता शेखर कोईराला, शशंक कोईराला, प्रकाशमान सिंह लगाएत ६ जना प्रधानमन्त्रीको दौडमा छन् । जसकारण कांग्रेस भित्र सर्वसम्मत दलको नेता चयन हुने सम्भावना देखिदैन् ।

जसले दलको निर्वाचनमा बहुमत जुटाउन सक्क उहि मात्रै दलको नेता चयन हुनेछ । हालसम्मको नतिजा अनुसार कांग्रेसले प्रत्यक्षमा ५५ सिटमा आफ्नो जित निकाल्ने सम्भावना देखिएको छ । यसमध्य अधिकांश स्थानमा संस्थापन पक्षकै सांसदहरु निर्वाचित भएका छन् । त्यस्तै कांग्रेसले समानुपातिकमा हालसम्म प्राप्त गरेको मतको आधारमा ३३ जना सांसद निर्वाचित हुने देखिन्छ । समानुपातिकमा पनि अधिकांश देउवा निकटकै व्यक्तिहरु पर्नेछन् ।

यस आधारमा कांग्रेस संसदीय दल करिब ८९ सदस्यीय हुने सम्भावना छ । संसदीय दलमा बहुमत पाउनका लागि कुनै पनि व्यक्तिले ४५ सांसद आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । अहिले सम्म हेर्दा संस्थापन ईतर पक्षसंग जम्म ३२ जना सांसद मात्रै रहने देखिन्छ । ईतर पक्षकै पनि अन्य नेताहरुको प्रधानमन्त्रीमा दाबेदारी रहँदा यता गगनको प्रधानमन्त्री बन्ने सपनामा चुनौतिको पहाड उभिएको छ ।

जसकारण प्रधानमन्त्रीमा थापाको दाबि निकै कमजोर धरातलमा उभिएको घर जस्तै बनेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по