२३ माघ २०८१, बुधबार । February 5, 2025

थारु समुदायको आरक्षण नछुट्याउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासले आइतबार गरेको आदेशमा गत कात्तिक २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गर्दै उक्त आरक्षणको नछुट्याउन आदेश गरेको हो । “अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट गत कात्तिक २० मा जारी भएको अन्तरिम आदेश कायम रहनु वाञ्छनीय नहुँदा उक्त मितिको अन्तरिम आदेश रद्द गरिएको छ ।”, आदेशमा उल्लेख छ ।

आदेशमा प्रतिनिधित्व सुनिश्चिततामा विविधतामा कलष्टर छुट्याएको पदलाई सय प्रतिशत मान्दा थारु समुदायका लागि ६ दशमलव ६ प्रतिशत छुट्याउन नसक्ने उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव मधुकुमार मरासिनीले थारु कल्याणकारिणी सभाको केन्द्रीय महामन्त्री प्रेमीलालप्रसाद चौधरीविरुद्धको निवेदन दिएका थिए। थारु समुदायका व्यक्तिले मधेसी तथा आदिवासीरजनजाति दुवै क्लस्टरबाट सहभागिता जनाउन पाउने भएकाले प्रतिनिधित्व सुनिश्चितामा द्विविधा नभएको उल्लेख गर्र्दै अन्तरिम आदेश खारेजीको माग गरिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सामान्य अंकले घट्यो नेप्से, ८ अर्ब ९५ करोड बराबरको कारोबार

काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सेयर बजार परिसूचक

त्रिकोणात्मक टी-२० सिरिजः नेपालको लगातार पाँचौ हार, नेदरल्यान्ड् १० विकेटले विजयी

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपालले लगातार

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट