२१ मंसिर २०८२, शनिबार । December 6, 2025

ओलीलाई बालेनको प्रश्न, सुकुम्बासी बस्ती भोट बैंक मात्रै हो ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सुकुम्बासी बस्ती तपाईका लागि भोट बैंक मात्रै हो भन्दै प्रश्न गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियान प्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा धारणा प्रस्तुत गरेका थिए । उक्त धारणको प्रतिकार गर्दै मेयर साहले पटक पटक देशको नेतृत्व लिँदा ओलीले नदेखेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन् ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।

उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो भन्दै प्रश्न गरेका छन् । ‘हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? ओलीलाई उनको प्रश्न थियो । उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।

मेयर साहले अब परिस्थिति फेरिइसकेको भन्दै सकेको सहयोग गर्न अन्यथा कसैको विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको