४ असार २०८३, बिहिबार । June 19, 2026

ओलीलाई बालेनको प्रश्न, सुकुम्बासी बस्ती भोट बैंक मात्रै हो ?


१३ मंसिर २०७९, मंगलबार  

42
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सुकुम्बासी बस्ती तपाईका लागि भोट बैंक मात्रै हो भन्दै प्रश्न गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियान प्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा धारणा प्रस्तुत गरेका थिए । उक्त धारणको प्रतिकार गर्दै मेयर साहले पटक पटक देशको नेतृत्व लिँदा ओलीले नदेखेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन् ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।

उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो भन्दै प्रश्न गरेका छन् । ‘हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? ओलीलाई उनको प्रश्न थियो । उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।

मेयर साहले अब परिस्थिति फेरिइसकेको भन्दै सकेको सहयोग गर्न अन्यथा कसैको विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा