१९ माघ २०८१, शनिबार । February 2, 2025

सत्तारुढ गठबन्धनलाई अगाडी बढाउने पक्षमा नेकपा (एकीकृत समाजवादी)



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडी बढाउनुपर्ने पक्षमा उभिएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडी बढाउनुपर्ने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरुले शतर्क हुनुपर्ने आवश्यकताको महशुुुस गरेको बताए ।

उनले गठबन्धनका दलहरुका बीचमा भइरहेको सहकार्यलाई अगाडी बढाएर लानुपर्ने बताए । त्यस्तै सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राखेको सन्दर्भमा सो विषयमासमेत छलफल भएको उनले जानकारी दिए । बैठकमा उदयपुर जिल्लाको विषयमा पनि छलफल भएको उनको भनाई थियो ।

बैठकले पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक, शुभचिन्तक र मतदान सम्पन्न गराउन भुमिका खेल्ने सरकारी निकायहरुलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीहरुलाई रक्षा गर्दै आगामी दिनमा पनि गठबन्धनकै भावना अनुसार काम गर्ने पार्टीको निस्कर्ष रहेको स्पष्ट पारे ।

उनले निर्वाचनको समग्र समिक्षा भने सबै जिल्लाहरुबाट रिपोर्ट आइसकेपछि आगामी बैठकहरुमा गरिने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको