२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

यु–१९ः वागमतीको लगातार चौथो जित


१३ मंसिर २०७९, मंगलबार  

6
Shares

काठमाडौं । कर्णाली प्रदेशमाथि ७ विकेटको जित निकालेको वागमती प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णाली प्रदेशले ३६ दशमलब २ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ३१ रनको लक्ष्य वागमती प्रदेशले ३ विकेटको क्षतिमा पूरा गरेको हो । यससँगै वागमतीले जारी प्रतियोगितामा अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशले पनि चार वटै खेलमा सुखद् नतिजा निकालेको थियो ।

मध्यम लक्ष्य पछ्याएको वागमतीका लागि लुक्की कठायतले अर्धशतकीय पारी खेले । ८ चौका प्रहार गर्दा उनी ५१ रनमा अविजित रहे । यस्तै ६४ बलको सामना गरेका अशोक पोडेलले ७ चौका र १ छक्का हानेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङतर्फ कर्णालीका अनुज चनारा, युनिस सिंह र आवास साहले समान १÷१ लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि कप्तान विपिन रावलले अर्धशतकीय पारी खेले ।

उनले ९२ बल खेल्दा ९ चौकाको सहयोगमा व्यक्तिगत ६८ रनको योगदान गरेका थिए । यस्तै अर्का ओपनर मनिस थापाले २५ रन जोड्दा अनिरुद्ध कावरले ११ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको पारी खेल्न सकेनन् । बलिङतर्फ ७ दशमलब २ ओभर बलिङ गरेका सक्रिय कार्कीले २ मेडन राख्दै २३ रन खर्चिएर सर्वाधिक ५ विकेट निकाले । अहम्मद राजाले ३ विकेट हात पार्दा ओमकार यादव र अभिषेक कोईरालाले १÷१ विकेट आफ्नो नाममा लेखाए ।

यस जितसँगै वागमतीले ४ खेलबाट ८ अंक जोडेको छ । कर्णालको समान चार खेलबाट २ अंक मात्र छ । सुदूरपश्चिमसँग समान ८ अंक बनाएको वागमती तालिकाको दोस्रो स्थानमा छ । प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश नम्बर १ ले १९ दशमलब २ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो । प्रदेश १ का लागि सोनी अन्सरीले ४५ र शुभन गहतराजले २४ रनको अविजित पारी खेले ।

ओसिलो मैदानका कारण ४५ ओभरमा घटाएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेस प्रदेशले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर मात्रै ७० रन जोडेको थियो । ओपनर मयन यादवले १९, दाब्लु मलिकले १२ रन जोड्नु बाहेक अन्य ब्ट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ गरेको प्रदेश १ का लागि दिपेश कंडेलले र विपिन महतोले समान ३÷३ विकेट लिए भने सन्देश भट्टराईको नाममा दुई विकेट रह्यो ।

अश्विन महतो र आशिष मगरले १÷१ विकेट हात पारे । यससँगै प्रदेश नम्बर १ चार खेलबाट दोस्रो जित निकाल्दै तालिकामा ४ अंक बनाएको छ भने फराकिलो नतिजा सुम्पिएको मधेस प्रदेशको यो लगातार तेस्रो हार हो । प्रतियोगितामा बुधवार पनि दुई खेल हुनेछन् ।

कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशले प्रदेश १ सँग प्रतिष्पर्धा गर्दा मुलपानीमा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по