११ श्रावण २०८३, सोमबार । July 27, 2026

संसद भवन तत्काल खालि गर्न नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग


१३ मंसिर २०७९, मंगलबार  

15
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) संसद भवन तत्काल खालि गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा अन्तराष्ट्रिय स्तरका मेला महोत्सव गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको हलको आवश्यक रहेको भन्दै बिआइसीसी भवन संसद बस्नको लागि नभइ अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएकाले तत्काल खालि गराउनु पर्ने बताए । उनले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने बताए ।

उनले भने, ‘काठमाडौंमा अन्तराष्ट्रिय स्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) संसद भवन चीनले अन्तराष्ट्रिय स्तरको हलका लागि दिएको हो । त्यो संसद बस्ने स्थान होइन, बिआईसीसी हललाई जतिसक्दो खालि गराउनुपर्छ, त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तराष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पती हो, जुन प्रयोजनाका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।’

उनले पदर्शनी स्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकरात्मक भुमिका खेल्ने बताए । उनले मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर