४ कार्तिक २०८३, बुधबार । October 21, 2026

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी


१३ मंसिर २०७९, मंगलबार  

6
Shares

झापा । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् पाँच दशमलव ४५ प्रतिशत मत बदर भएको छ । यसमा प्रदेशको भन्दा प्रतिनिधिसभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो ।

उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा खसेको ६७ दशमलव ८१ मतमध्ये पाँच दशमलव ९१ प्रतिशत, क्षेत्र–२ मा खसेको छ दशमलव ६५ मतमध्ये छ दशमलव ९९ प्रतिशत, क्षेत्र नं ६७ दशमलव ५२ मतमध्ये चार दशमलव ६४ मत बदर भएको छ ।यसैगरी क्षेत्र नं ४ मा खसेको ६४ दशमलव ५६ मतमध्ये छ दशमलव २१ प्रतिशत, क्षेत्र नं ५ मा ६४ दशमलव १६ प्रतिशत मत खसेकामा पाँच दशमलव ४५ प्रतिशत गरी प्रतिनिधिसभामा कूल मत बदर प्रतिशत पाँच दशमलव ८१ प्रतिशत रहेको प्रमुख निरौलाको भनाइ छ । प्रदेशसभातर्फ क्षेत्र नं १ (१)मा खसेको ६७ दशमलव ८० मतमध्ये पाँच दशमलव ७२ प्रतिशत, ९२० मा खसेको ६७ दशमलव ८२ मतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ ।

क्षेत्र नं २ को (१) मा ६५ दशमलव नौ प्रतिशत खसेको मतमा नौ दशमलव ४६ प्रतिशत, ९२० मा खसेको ६५ दशमलव २३ मतमध्ये छ दशमलव ६९ मत बदर भएको छ । क्षेत्र नं ३ को (१) खसेको ६७ दशमलव ३६ प्रतिशत मतमध्ये चार दशमलव ३४ मत, ९२०मा खसेको ६८ दशमलव ६४ मतमध्ये चार दशमलव ३९ प्रतिशत मत बदर भएको कार्यालयको जनाएको छ । यसैगरी क्षेत्र नं ४ को (१) का ६२ दशमलव ५१ प्रतिशत मतमध्ये पाँच दशमलव आठ प्रतिशत (२) मा खसेको ६६ दशमलव सात प्रतिशतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ ।

क्षेत्र नं ५ को (१) मा खसेको ६४ दशमलव सात प्रतिशतमध्ये ४ दशमलव ८४ मत र ९२० मा खसेको ६३ दशमलव ९७ प्रतिशत मतमध्ये चार दशमलव १२ मत बदर भएको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि