४ असार २०८३, बिहिबार । June 19, 2026

मत गणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी


१२ मंसिर २०७९, सोमबार  

6
Shares

सुनसरी । सुनसरी ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उमेदवार कुसियतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मत गणना गर्न आग्रह गरे । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरित विषय उठान गरी मत गणना अवरुद्ध पारेको आरोपसमेत लगाए ।

उनले मत गणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए । पत्रकार सम्मेलनमा उम्मेदवार कुसियैतले भने, ‘गणनामा आलटाल भइरहेको छ । एमाले कानूनसंगत अघि बढ्न चाहन्छ । तसर्थ आयोगले तत्काल निर्णय दिओस् र गणना सुचारू होस् ।

सञ्चारमन्त्री आफैँ रहेका छन्, सरकारका प्रवक्ता र सरकारमा आफैँ छन्, मलाई न्याय चाहियो रे ? कस्तो खालको न्याय हो ।’ सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ । यो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत गणनाको माग सहितको उजुरी हालेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा