१ कार्तिक २०८३, आइतबार । October 19, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


१२ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ६१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५० दशमलब ३७ मा ओर्लिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलब ६१ मा सीमित भएको छ । कूल दुई सय ३६ कम्पनीको ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता शेयर रु एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ४६ लाख ४२ हजार सात सय पाँच मूल्यमा कारोबार भयो । नवील बैंक रु सात करोड २४ लाख ५८ हजार चार सय चार, शिवम् सिमेन्ट रु छ करोड १६ लाख ६२ हजार सात सय ४८, एभरेष्ट बैंक रु पाँच करोड ९८ लाख ३१ हजार आठ सय ६१ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु पाँच करोड ८८ लाख ४४ हजार तीन सय ८५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार खप्तड लघुवित्त आठ दशमलब १८, गरिमा विकास बैंकको ऋणपत्र छ दशमलब ११, नेपाल ल्यूब आयल छ दशमलब शून्य नौ, सिटिजन म्युचुअल फण्ड तीन दशमलब ८८ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलब १६ प्रतिशतले कमाएका छन् । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट चार दशमलब ५६, ओरियन्टल होटल चार दशमलब ३१, जानकी फाइनान्स तीन दशमलब ९६, नेपाल एसबीआई बैंकको ऋणपत्र तीन दशमलब ९६ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले तीन दशमलब ९१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि