३ आश्विन २०८३, शनिबार । September 19, 2026

‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु


११ मंसिर २०७९, आइतबार  

6
Shares

काठमाडौं । काठमाडौंमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ ।

नेपाल कला परिषद् र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा आईतबारबाट प्रर्दशनी सुरु भएको छ । परिषद्को भवनमै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले उद्घाटन गरेको प्रर्दशनी यही मंसीर २५ गतेसम्म चल्नेछ । प्रर्दशनीको मुख्य उद्देश्य नेपालको हिन्दु धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषदका अध्यक्ष सागरशमशेर जबराले बताए ।

प्रर्दशनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ । प्रर्दशनीमा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंलाई कलाहरुको हर्वको रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताइन । उनले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौं महानगरपालिकाले नेपाल कला परिषद्सँग मिलेर काम गर्न सुरु गरेको समेत बताइन ।

प्रर्दशनीमा १६० जना कलाकाहरुले बनाएका कलाकृतिहरु राखिएका छन । नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठिहरु समेत हुनेछन ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली