२४ फाल्गुन २०८१, शनिबार । March 9, 2025

‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु



काठमाडौं । काठमाडौंमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ ।

नेपाल कला परिषद् र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा आईतबारबाट प्रर्दशनी सुरु भएको छ । परिषद्को भवनमै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले उद्घाटन गरेको प्रर्दशनी यही मंसीर २५ गतेसम्म चल्नेछ । प्रर्दशनीको मुख्य उद्देश्य नेपालको हिन्दु धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषदका अध्यक्ष सागरशमशेर जबराले बताए ।

प्रर्दशनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ । प्रर्दशनीमा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंलाई कलाहरुको हर्वको रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताइन । उनले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौं महानगरपालिकाले नेपाल कला परिषद्सँग मिलेर काम गर्न सुरु गरेको समेत बताइन ।

प्रर्दशनीमा १६० जना कलाकाहरुले बनाएका कलाकृतिहरु राखिएका छन । नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठिहरु समेत हुनेछन ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय