११ मंसिर २०८१, मंगलबार । November 26, 2024

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च



एजेन्सी । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपीसीको आँकलनमा आधारित भएर यो निर्णय गरिएको हो । डनका अनुसार, यस परिवर्तनसँगै एसबीपी ब्याज दर यस वर्षको लागि कूल ६२५ आधार बिन्दुमा वृद्धि भएको छ । यो दर अक्टोबर र सेप्टेम्बरमा अपरिवर्तित थियो ।

दक्षिण एशियाली मुलुक अहिले आर्थिक सङ्कटमा परेको र गम्भीर आर्थिक तथा राजनीतिक सङ्कटमा रहेको र वित्तीय नोक्सानीलाई नियन्त्रण गर्नु समयको माग भएको अवस्थामा यो निर्णय लिइएको हो । एसबीपीले मुद्रास्फीति, बढ्दो घरेलु र अन्तर्राष्ट्रिय आपूर्ति समस्याको कारण प्रेरित भइरहेको छ जसले लामो आर्थिक मन्दीको बीचमा मूल्यलाई बढावा दिइरहेको छ । एक्सप्रेस ट्रिब्यूनका अनुसार यी अभावहरूले व्यापक मूल्य र ज्यालामा असर पारिरहेको छ, जसले मध्यम अवधिको वृद्धिलाई क्षति पुर्‍याउन सक्छ र मुद्रास्फीतिको अनुमानलाई कमजोर पार्न सक्छ ।

भीषण बाढी र बजेट नियन्त्रण कायम गर्ने प्रयासका बावजुद, राष्ट्र निरन्तर उच्च मुद्रास्फीतिसँग जुधिरहेको छ । उपभोक्ता मूल्य सूचकाङ्क ९सीपीआई० ले अक्टोबरमा २६.६ प्रतिशत को वार्षिक वृद्धि रेकर्ड गरेको छ । गत अगष्टमा आएको विनाशकारी बाढीले एक हजार ७०० भन्दा बढी मानिसको ज्यान लिनुका साथै अर्बौं डलरको क्षति पुर्‍याएको थियो ।

द एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानले आर्थिक वर्ष २०२२ मा करिब ३० अर्ब अमेरिकी डलर रेमिटेन्स प्राप्त गरेको थियो, तर पनि उसले आफ्नो चालू खाता घाटालाई नियन्त्रणमा राख्न सकेन । किस्तानलाई विदेशी दायित्वविरुद्ध भुक्तानी गर्न यस आर्थिक वर्षमा लगभग ३२ अर्ब अमेरिकी डलर आवश्यक छ । विदेशी दायित्वमात्र होइन, बढ्दो मुद्रास्फीतिले पनि स्थानीय जनताका लागि जीवनयापनको खर्च निकै कठिन बनाइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलका खेलहरू युट्युबमा ‘एक्सन स्पोर्ट्स’ मा हेर्न सकिने

काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर

दृष्टिबिहीन टी–२० विश्वकपः नेपालसँग ११ रनले पराजित भयो दक्षिण अफ्रिका

काठमाडौं । पाकिस्तानमा जारी दृष्टिबिहीन टी–२० विश्वकप अन्तर्गत आफ्नो चौथो

एनपिएलको ‘बेस्ट प्लेयर’ ले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने

साताको तेस्रो कारोबारको दिन आज उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । आगामी २९ नोभेम्बरबाट मलेसियामा सुरु हुने एसिसी यू-१९