२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष बरालले दिए राजीनामा



बुटवल । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन् ।

निर्वाचनमा पार्टीको पराजयको तीन कारण सहित पराजयको नैतिक जिम्मेवारी लिंदै अध्यक्ष बरालले पदबाट राजनिमा दिएको दिएको जनाएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै बरालले पराजयका तीक कारण औंल्याएका छन् । जसमा टिकट वितरणमा ध्यान दिन नसकिएको लगायतका छन् ।

लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री समेत रहेका बराल गुल्मीको निर्वाचन क्षेत्र १ (१) मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

यस्तो छ प्रेस वक्तव्यको पुर्णपाठ:

प्रतिनिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ भर्खरै सम्पन्न भएको छ । यस निर्वाचनमा सहभागीका लागि प्रदेशवासी मतदातालाई धन्यवाद ज्ञापन गर्दछु । प्रदेशमा गठवन्धनको तर्फबाट विविध कमि कमजोरीका वावजुद सामान्यतः सफलता प्राप्त गरेको छ । त्यसका लागि गठवन्धनका नेता कार्यकर्ताहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछु । विभिन्न समस्याका वावजुद विजयी हाम्रो पार्टीका प्रतिनिधि सभा र प्रदेश सभाका विजयी उम्मेदवारहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । हाम्रो पार्टीका लाखौं मतदाताहरुको इच्छा र प्रयत्नका वावजुद हाम्रो प्रदेशमा मुल रुपमा निम्न समस्याहरु रहे ।

१. मुलतः प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सुचि तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न सकिएन ।
२. प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सीट वांडफाड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न सकिएन ।
३. उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न सकिएन ।

यी उल्लेखित कारण सहित विविध कारणले यस प्रदेशमा पार्टीको विगत परिणामलाई कायम राख्न समेत सकिएन र म स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन सकिएन । अतः प्रदेश अध्यक्षको हैषियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिई आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु । अध्यक्ष पदमा नरहेर पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुन सुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्दछु ।

क्रान्तिकारी अभिवादन सहित ।
१० मंसिर २०७९ ।
सुदर्शन वराल

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको