३० बैशाख २०८३, बुधबार । May 13, 2026

माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष बरालले दिए राजीनामा


१० मंसिर २०७९, शनिबार  

6
Shares

बुटवल । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन् ।

निर्वाचनमा पार्टीको पराजयको तीन कारण सहित पराजयको नैतिक जिम्मेवारी लिंदै अध्यक्ष बरालले पदबाट राजनिमा दिएको दिएको जनाएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै बरालले पराजयका तीक कारण औंल्याएका छन् । जसमा टिकट वितरणमा ध्यान दिन नसकिएको लगायतका छन् ।

लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री समेत रहेका बराल गुल्मीको निर्वाचन क्षेत्र १ (१) मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

यस्तो छ प्रेस वक्तव्यको पुर्णपाठ:

प्रतिनिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ भर्खरै सम्पन्न भएको छ । यस निर्वाचनमा सहभागीका लागि प्रदेशवासी मतदातालाई धन्यवाद ज्ञापन गर्दछु । प्रदेशमा गठवन्धनको तर्फबाट विविध कमि कमजोरीका वावजुद सामान्यतः सफलता प्राप्त गरेको छ । त्यसका लागि गठवन्धनका नेता कार्यकर्ताहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछु । विभिन्न समस्याका वावजुद विजयी हाम्रो पार्टीका प्रतिनिधि सभा र प्रदेश सभाका विजयी उम्मेदवारहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । हाम्रो पार्टीका लाखौं मतदाताहरुको इच्छा र प्रयत्नका वावजुद हाम्रो प्रदेशमा मुल रुपमा निम्न समस्याहरु रहे ।

१. मुलतः प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सुचि तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न सकिएन ।
२. प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सीट वांडफाड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न सकिएन ।
३. उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न सकिएन ।

यी उल्लेखित कारण सहित विविध कारणले यस प्रदेशमा पार्टीको विगत परिणामलाई कायम राख्न समेत सकिएन र म स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन सकिएन । अतः प्रदेश अध्यक्षको हैषियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिई आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु । अध्यक्ष पदमा नरहेर पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुन सुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्दछु ।

क्रान्तिकारी अभिवादन सहित ।
१० मंसिर २०७९ ।
सुदर्शन वराल

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली